चौरसिया हत्या प्रकरणः न्यायाधीवक्ताको निर्देशनपछि बल्ल प्रहरीले मुद्दा दर्ता गर्यो

Advertisement

वीरगंज । नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्याको जाहेरी मुद्दा लिन राजनीतिक दबाबका कारण अटेर गर्दै आएको प्रहरीले बल्ल जाहेरी दर्ता गरेको छ । जिल्ला न्यायाधीवक्ताको कार्यालयले निर्देशन दिएपछि बल्ल जिल्ला प्रहरी कार्यालय पर्साले उजुरी दर्ता गरेको हो । 

नेकपाका स्थानीय नेता कार्यकर्ताले जाहेरी गर्दा गर्न प्रहरीले नमानेको भन्दै न्यायाधीवक्ताको कार्यालय घेराउ गर्न गएपछि कार्यालयले जाहेरी दर्ता गर्न निर्देशन दिएको थियो । चौरसिया हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै एक सातादेखि नेकपाका कार्यकर्ताहरुले प्रदर्शन गर्दै आएका थिए । 

Advertisement

जिल्ला प्रहरी कार्यालयमा पूर्वसाँसद राजकुमार गुप्तासहित १२ जनाविरूद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दर्ता भएको छ । गुप्तालाई पक्राउ गरेर पनि प्रहरीले माथिको आदेश भन्दै छाडिसकेको छ । नेकपा विन्धवासिनी गाउँपालिकाका सचिव चौरसिया झडपमा परी घाइते भएको भएका थिए । उनको उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो । प्रहरीले घट्नामा संलग्न भन्दै तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्‍न अस्वीकार गर्दै आएको थियो ।  यता जाहेरी दर्तासंगै अब शव बुझ्‍ने र शुक्रबार बिहान पोष्टमार्टम गर्न तयारी भएको छ । मृतकको शुक्रबार नै अन्त्यष्टि गरिने जनाइएको छ । 

Advertisement

Advertisement