नेपाली कामदार इजरायल पठाउन ‘प्रोटोकल’ तयार

Advertisement

काठमाडौं । गत असोजमा इजरायसँग भएको श्रम सम्झौताअनुसार नेपाली कामदार त्यहाँ पठाउन ‘प्रोटोकल’ तयार भएको छ । इजरायल सरकारका प्रतिनिधि र नेपाल सरकारका उच्च अधिकारीहरूबीच १ महीनाको छलफलपछि प्रोटोकल तयार गरिएको हो ।

प्रोटोकलमा श्रम सम्झौतामा भएका व्यवस्थालाई आधार मान्दै कामदार जाने प्रक्रिया, कामदारको योग्यता, पारिश्रमिक, सेवासुविधालगायत विषय समेटिएको छ । नेपालीहरूलाई रोजगारीका लागि विशेष गरी हस्पिटल क्षेत्रमा पठाउने र त्यहाँ खानेबस्ने सबै प्रबन्ध मिलाउने व्यवस्था आदिलाई प्रोटोकलले प्रस्ट्याएको छ ।

Advertisement

हस्पिटलबाहेक केयर गिभर, कृषि, होटेल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर मिल्ने गरी प्रोटोकल तयार गरिएको छ । इजरायलसँग भएको श्रम सम्झौताअनुसार प्रोटोकलमा रोजगारीका लागि उक्त देशमा जान चाहने नेपालीले भिसा शुल्क, मेडिकल परीक्षण, कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम, ओरिन्टेशन शुल्क आपैm बुझाएर जानुपर्ने व्यवस्थालाई खुलाइएको छ ।

नेपालका तर्फबाट प्रोटोकल निर्माणमा सहभागी वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले दुई देशबीच इजरायलमा कामदार पठाउनेबारे भएको सम्झौतालाई आधार मान्दै प्रोटोकल तयार गरिएको बताए । उनका अनुसार प्रोटोकलमा इजरायल सरकारका प्रतिनिधि र वैदेशिक रोजगार विभागका अधिकारीहरूबीच हस्ताक्षर हुनुपर्छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement