पीसीआर रिपोर्टमा गम्भिर त्रुटी: नेपालले नेगेटिभ सर्टिफिकेट दिएको ७२ घण्टापछि विदेशमा पोजेटिभ

Advertisement

काठमाडौं । नेपालका ल्याबहरुले गरेको कोरोना परिक्षणको रिपोर्ट नै शंकाको घेरामा परेका छन् । नेपाल सरकारले  अनुमति दिएका ल्याबहरुको परिक्षण गरि नेगेटिभ रिपोर्ट आएको ७२ घण्टापछि केहि देशमा यात्रा गर्न पाइने व्यवस्था छ । नेपाली ल्याबले नेगेटिभ रिपोर्ट दिएका व्यक्तिहरु नै विदेशी ल्याबको परिक्षणमा पोजेटिभ देखिएका छन् । नेपाल बायुसेवा निगमले ७२ घण्टासम्मको पीसीआर रिपोर्टका आधारमा विदेश उडाएका यात्रुहरुमा कोरोना संक्रमण देखिएपछि नेपाली ल्याबहरुको परिक्षण गुणस्तरमै प्रश्न उठेको हो । 

यता नेगेटिभ रिपोर्ट बोकेर विदेश उडेका यात्रुहरुको उता परिक्षण गर्दा संक्रमण पुष्टि भएको छ । संक्रमितलाई उडाएको भन्दै नेपाल एयरलाइन्स कारवाहीमा समेत परेको छ । 
‘विगत केही दिन देखी हङकङ्ग, दुवई, नारिता जस्ता गन्तव्यहरुमा ७२ घण्टाको पीसीआर रिपोर्टका बावजुद पनि ती स्थानहरुमा पुनः परिक्षण गर्दा कोभिड १९ संक्रमण पोजेटिभ देखिएकोले सम्बन्धित देशका निकायहरुले निगमलाई सचेत गराउनुको साथै कतिपय उडान गर्न समेत रोक लगाएकोले निगमलाई आर्थिक तथा प्रतिष्ठाको दृष्टिले ठूलो नोक्सानी पर्न गएको छ ।’, बायु सेवा निगमले भने को ।  यस्ता घट्नाहरुले निगमको मात्र नभई समग्र देशकै प्रतिष्ठामा नकारात्मक असर पर्नुको साथै नेपालका स्वास्थ्य प्रयोगशालाहरुको विश्वसनियातामै प्रश्न खडा गरेको पनि निगमले बताएको छ । 

निगमले अब उपरान्त यताका ल्याबबाट नेगेटिभ रिपोर्ट लिएका र उताका ल्याबमा परिक्षण गर्दा संक्रमण देखिएका यात्रुहरुको कुनै पनि जिम्मेवारी आफुले वहन नगर्ने पनि स्पष्ट पारिसकेको छ । ‘रिर्पोट नेगेटीभ देखाएर उडान गर्ने यात्रुहरुको सम्वन्धीत देशहरुमा पुनः परिक्षण गर्दा पोजेटीभ देखिएमा त्यसको सम्पुर्ण जिम्मेवारी यात्रु स्वंयले लिनु पर्ने व्यहोरा समेत जानकारी गराउदछौं ।’, निगमले भनेको छ । 

Advertisement

Advertisement

Advertisement