अरु व्यवसाय समस्यामा पर्दा मदिरा व्यवसाय चम्किदै, लगानी पनि बढ्दै

Advertisement

काठमाडौं । कारोना महामारी कै बीच मदिरा उद्योगमा लगानी बढ्न थालेको छ । विश्व बजारमा मात्रै होइन नेपालमा समेत यसको भविष्य राम्रो देखेर व्यवसायीहरूले लगानी बढाएका हुन् । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै ६९ करोड थप कर्जा लगानी गरेका छन् ।  

गत आर्थिक वर्षको पहिलो दुई महिनामा मदिरा उद्योगमा ४२ करोड ७५ लाख रुपियाँ थप कर्जा लगानी भएको थियो । अहिले भएको लगानीलाई हेर्दा मदिरा उत्पादनमा उद्योगी व्यवसायीहरू थप उत्साहित भएको देखिएको छ । चालु आवको साउन र भदौंमा बैंकको ब्याज निकै समेत एकल विन्दुमा झरेका कारण यस्ता उद्योगीलाई थप लगानी गर्न उत्प्रेरणा मिलेको हो । अन्य समयमा बैंकको चर्को ब्याजका कारणले पनि उद्योगी व्यवसायीहरूले मन फुकाएर लगानी गर्न सकेका थिएनन् । 

Advertisement

केही समय अघिमात्रै मेडिकल व्यवसायी दुर्गा प्रसाईले मार्सी बियरको उत्पादन गर्न लागेका हुन् । टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर्स बु्रअरीले प्रसाईंलाई आधा स्वामित्वको मालिक बनाएर मार्सी बियरको उत्पादन थालेका हुन् । 

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईले जुम्लाको मार्सी चामल नै प्रयोग गरेर बियर उत्पादन गर्न लागेका हुन् । टाइगर प्रसाईले १० अर्ब रुपियाँ थप बियर उद्योगमा लगानी गर्ने र बियरमा चाइने कच्चा पदार्थ पनि नेपालकै उत्पादनबाट गर्ने तयारी गरेका हुन् । 

टाइगर्स बु्रअरीले मात्र होइन केही वर्षयता नेपालमा उत्पादन बन्द गरेको रोयल स्टेगले दसैंतिहारलाई लक्ष्य गरेर पुनः उत्पादन सुरु गरेको छ । साना मदिरा उत्पादक लगानी र उत्पादन क्षमता बढाउन लागिपरेका छन् ।  एभरेस्ट हब्र्स प्रोसेसिङले उत्पादन गर्ने यार्सागुम्बा वेभरेजले वार्षिक ६ हजार लिटर उत्पादन क्षमतालाई चार लाख लिटर पुर्याउन ३५ करोड रुपैयाँ थप पुँजी लगानी गर्ने बताएको छ । नेपालमा पनि लकडाउन सुरु भएयता भारी मात्रामा घटेको भनिएको मदिरा बजार दसैं लागेपछि ‘उत्साहजन’ रूपमा बढेको व्यवसायीले बताएका छन् ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement