नरवणेले गरे नेपाली सेनालाई स्वास्थ्य उपकरण र भेन्टिलेटर सहयोग

Advertisement

काठमाडौं । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग नेपाली सेनाको जंगी अड्डामा भेट गर्नुका साथै फिल्ड अस्पतालका लागि उपकरण तथा भेन्टिलेटर सहयोग गरेका छन् । 

नेपालको तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका नरवणेले बिहीबार जंगी अड्डामा उक्त सहयोग गरेका हुन् । टुडिखेलस्थित सैनिकमञ्चमा रहेको वीर स्मारकमा (शहीद स्मारक) माल्यार्पण गरी मृत शहीदहरुप्रति श्रद्घान्जली अर्पण गरेका नरवणे त्यसपछि जंगी अड्डा पुगेका थिए । 

Advertisement

थापा र नरवणेबीच भएको भेटमा दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको जनाइएको ट । भारत सरकारको तर्पmबाट नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याबउपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका थिए । साथै, कोभिड–१९ महामारी विरुद्धको लडाइमा सघाउ पु¥याउन थप भेन्टिलेटर पनि सहयोग गरिएको जनाइएको छ । 

Advertisement

Advertisement