गैरआवासीय नेपाली संघले सरकारलाई दियो एक करोड २० लाख रुपियाँको स्वास्थ्य सामग्री

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक करोड २० लाख रुपियाँको स्वास्थ्य सामग्री सरकारलाई दिएको छ । एनआरएनए जापानबाट १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको संघले जानकारी दिएको । 

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे । कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पुर्याएको भन्दै उनले भने, ‘यो पुन्य कार्यक्रममा एनआरएनएलाई सरकारले सहयोग गर्न तयार छ ।’

Advertisement

संघका उपाध्यक्ष बद्री केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामग्री सहयोग गरेको बताए । संघले कोभिड १९ को महामारी सुरु भएदेखि दुई करोड रुपियाँ बराबरको स्वास्थ्य सम्वन्धी सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।  
 

Advertisement

Advertisement