कलाकार गजुरेलको स्वास्थ्यमा सुधार आयो

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणपछि आईसीयूमा उपचार गराइरहेका हाँस्य कलाकार मनोज गजुरेलले स्वास्थ्यमा सुधार आएको छ । कोरोना संक्रमणसँगै फोक्सोमा पानी जमेको पाइएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । 

तर, अहिले स्वास्थ्यमा सुधार आएपछि गजुरेल आफैले आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको बताएका छन् । अघिल्लो दिनको तुलनामा ‘धेरै राम्रो’ भइरहेको उनको भनाइ छ । गजुरेल भन्छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

Advertisement

उनलाई कात्तिक १० मा कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजनको मात्रा कम देखिएपछि उनलाई बिहीबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । 

Advertisement

Advertisement