यसपालीको तिहारमा स्वदेशी सयपत्री फुलकै माला, मूल्य पनि ७० रुपैयाँ मात्रै

Advertisement

काठमाडौं । आत्मनिर्भरोन्मुख सयपत्रीफूलमा पूर्ण आत्मनिर्भर बन्नका लागि अध्ययन, अनुसन्धान, प्रविधिको प्रयोगमा जोडदिनुपर्ने सरोकारवालाले बताएका छन् । एसोसिएसनअफ नेपालीएग्रिकल्चर जर्नलिष्ट (अनाज) द्धारा शनिबार आयोजित ‘आसन्न तिहार र सयपत्री फूलमा आत्मनिर्भरताको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले कृषक, व्यवसायी सरकारलगायत सबै सरोकारवाला निकायको प्रयासबाट सयपत्रीफूलमा नेपाल आत्मनिर्भरोन्मुख अवस्थामा पुगेको दावी गरे ।  

सरकारले जारी गरेको पुष्प प्रवद्र्धन नीति, पुष्पमहोत्सवमा सहयोग, सयपत्रीफूल खेती प्रवद्र्धन जस्ता कार्यक्रमका कारण टेवा पुगेको उनको भनाई छ । पूर्ण आत्मनिर्भरताका लागि साना किसानमार्फत देशैभरी सयपत्रि फूलको खेती विस्तारमा जोड दिनुपर्ने पनि उनले बताए । फूलको अध्ययन अनुसन्धानकालागि भने व्यवसायीले नेपाल कृषि अनुसन्धान परिषद(नार्क) सँग सहकार्य गर्नुपर्ने उनको सुझाव थियो । नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत परिषदका उपाध्यक्ष लोकनाथ गैरेले आत्मनिर्भरोन्मुख अवस्थामा रहेकोले आयातित फूललाई निरुत्साहितगर्नु पर्ने बताए । 

निरन्तरको प्रयासपछि फूल आयातमा ५ प्रतिशत कृषि सुधार शुल्क अतिरिक्त शुल्क गरी १० प्रतिशत राजश्व लिने व्यवस्था गरेको उनले जानकारी गराए । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले विगतमा भारतबाट पनि सयपत्रि फूल आयात हुने गरेकोमा यस वर्षको तिहारमा स्वदेशी सयपत्रीको फूलमाला नै प्रयोग हुने बताए । 
यसवर्षको तिहारमा सयपत्री १२ लाख र मखमली ३ लाख गरी कुल १५ लाख माला आवश्यक पर्ने भन्दै स्वदेशीउत्पादनले नै धान्ने बताए । 

माग कम रहेका कारण मालाको मूल्य पनि ६० देखि ७० रुपैयाँको हाराहारीमा मात्रै रहने उनको भनाइ छ । पछिल्लो समय सयपत्रीफूलको खेती विस्तार हुँदै गएका कारण आत्मनिर्भरताको अवस्थामा पुगेको उनले बताए । श्रष्ेठका अनुसार भारतबाट खासगरी कलकत्ते प्रजातिको सयपत्रि आउने गथ्र्यो तर सो प्रजातिको नेपालमै खेती सुरु भइसकेको छ भने थाइल्याण्डको प्रजातिको पनि खेती सुरु भएको छ । 

पुष्प विकास केन्द्रका प्रमुख सुधिर श्रेष्ठले आयातलाई निरुत्साहित गर्न फूललाई पनि प्लान्ट क्वारेन्टाइनमा समावेश गरिनुपर्ने र क्वारेन्टाइनहरुलाई प्रभावकारी बनाइनु पर्ने बताए । 
पुष्प क्षेत्रको प्रवद्र्धनका लागि केन्द्रले सम्बन्धित विद्यार्थी र संघ संस्थाहरुसँग सहकार्यमा अध्ययन अनुसन्धान शुरु गरेको जानकारी समेत गराए ।

बीउ विजन प्रयोगशाला हेटौडाका प्रमुख निर्मल गदालले कृषि ज्ञान केन्द्र मार्फत सयपत्रि फूलको प्रवद्र्धनका लागि धेरै आधुनिक संरचनाहरु निर्माण भएकोले पनि सयपत्री फूलको उत्पादन बढेको बताए । यद्यपी यसवर्ष कोरोनाका कारण ठूलो संख्यामा मानिसहरु काठमाडौंबाट बाहिरिएका कारण सयपत्री फूलमा आत्मनिर्भर जस्तो देखिए पनि अझै उत्पादन बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । 

उत्पादनमाफयानले अनुसन्धान र प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकताऔल्याउनुभयो । अनुसन्धानले काठमाडौं उपत्याकामा बाह्रै महिना सयपत्री फूल उत्पादन संभव रहेको देखाएकोले सोहीअनुसार उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।  

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईले केन्द्रले आफ्नो तर्फबाट अनैतिक आयातलाई रोक्ने प्रयास गरिरहेको दावी गरे । राष्ट्रिय तथा अन्तराष्ट्रिय नीतिहरुको पालना गर्दै, अवैद्यानिक रुपमा भित्रिएको फुललाई रोक्ने, फिर्ता पठाउने तथा त्यसरी भित्राउन खोज्नेलाई कारबाही गरिएको हुमागाईले बताए । 
यही प्रयास अन्तर्गत यसवर्ष अवैधानिक रुपमा फूल भित्रिने क्रम केही हदसम्म कम भएको पनि उनले बताए । 
यद्यपी वैधानिक रुपमा आएका वस्तुलाई भित्रिन दिनुपर्ने बाध्यता रहेको बताउदैँ उनले पुष्प व्यावसायीलाई उत्पादनको दायरा बढाएर भारतीय फुलको मुल्यसँग प्रतिस्पर्धा गर्न सकेँमा पुष्प आयात घट्ने बताए । 
“भन्सार मूल्य, कृषि सुधार मुल्यकम भएर मात्र आयात बढेको होइन र यसलाई बढाउदैँमा आयात घट्ने पनि होइन,” उनले भने, “आयात कम गर्नका लागि हाम्रो उत्पादनलाई बढाएर हाम्रो फुलको मुल्य आयातित फूलको मुल्य जतिकै सस्तो बनाउनुपर्छ ।”
तर हुदाँहुदैँ पनि खुल्ला सिमानाका कारणले अवैधानिक रुपमा फुल भित्रिने समस्या विद्यमान रहेकोले यसलाई निरुत्साहन गर्न स्थानीय प्रशासन, प्रहरी र किसानले सहकार्य गर्नुपर्ने उनले बताए ।
फूलको विषयमा फ्लोरीकल्चर एसोसियसनका प्रतिनिधिसँग बसेर छलफल गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले बताए । 
उनले बजारमा भारतबाट झिलिमिलि फूल आउने आर्टिफिसियल फूल आउने गर्दा त्यसले यहाँको फूललाई विस्थापित गर्ने गरेको विषयमा मन्त्रालयमा कुरा उठाउने गरेको  बताए । 
फूलको उत्पादनमा सँगै वितरण प्रणालीमा समेत कमजोरी रहेकोले वितरण प्रणाली राम्रो बनाउन पर्ने उनको भनाइ छ । 
‘फूल केहीजिल्लामा राम्रो उत्पादनहुने रहेछ । तर त्यसको वितरणर भण्डार प्रणाली भने अलिकमजोर पाइयो,’ उनले भने, ‘उत्पादन र वितरण दुवै प्रणालीलाई राम्रो बनाउन सक्यौं भने मात्र हामी फूलमा आत्मर्निभर हुन सक्छौं ।’
निकासीगर्न प्याकेजिङ र ब्राण्डिङमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । 
उनले व्यवसायीलाई बढी मूल्यलिएर नबेच्न अनुरोध गरेका छन् । 
‘६० देखि ७० रूपैयाँमा एउटा सयपत्रि फूलको माला तयार हुन्छ भनेर कुमार सरले भन्नु भएको छ, साथीहरूले त्यसरी नै बेच्नु होला,’ उनले भने । यस वर्षको फूल प्रवद्र्धनको लागि विभिन्न कार्यक्रम राखिएको कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिए । 
‘वितरण गर्ने काम व्यवसायीले गरिहाल्छन् । हामीले फूलको उत्पादन बढाउन विभिन्न कार्यक्रम राखेका छौं,’ उनले भने । 
प्लाष्टिकको घर बनाउन दिइने अनुदानको काम छनोटको क्रममा रहेको उनले जानकारी दिए । 
उनका अनुसार पकेट कार्यक्रम भने स्थानीय सरकारलाई दिइएको छ । उपत्यकाको २१ पालिकामध्ये गोदावरी १ र नागार्जुन पालिका गरी दुई वटामा फूलको कार्यक्रम रहेको छ । त्यसको लागि २५ लाखविनियोजन हुने छ । 
नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत परिषद्का उपसभापति लोकनाथ गरैले फूल आयातलाई निरूत्साहित गर्न सक्दो पहल गरिरहेको बताए । ‘केहीवर्ष अघि नेपालको फूललाई भन्सार प्रणालीले असर गरेको थियो । अहिले केही सहजभएको छ,’ उनले भने, ‘३ वर्षअघि भन्सारमा फूलको मूल्यांकन दर एकदमै कम थियो । हामीले भन्सारका मूल्यांकन समितिका प्रतिनिधिसँग छलफल गरेर अलि केही बढाएका छौं । यसले स्वदेसी फूलमा भन्सार दर लाग्दैन ।’
आयातित फूलमा पनि भन्सार दर बढाउन महासंघले छलफल गरेको उनले बताए । 
‘कृषिजन्य वस्तु आयात गर्दा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेको छ । यसलाई घटाउन भारततर्फबाट धेरे बहस भए तर महासंघले घटाउन दिएको छैन,’ उनले भने । 
अहिले भारत लगाएत तेस्रो मुलुकबाट फूल आयात गर्दा १० प्रतिशत शुल्क लाग्ने गरेकोले स्वदेशी फूललाई राहत भएको उनले बताए । 
‘५ प्रतिशत कृषि सुधार शुल्क लाग्छ । फूल आयात गर्ने व्यवसायीले बिना भ्याट आयात गर्दै आएका थिए । अहिले त्यसमा पनि ५ प्रतिशत अप्रत्यक्ष लाग्ने गरेको छ,’ उनले भने । 


 

Advertisement

Advertisement

Advertisement