एनसेलले कोरोनासम्बन्धी जनसचेतना जगाउन स्वास्थ्य मन्त्रालय र युनिसेफसँग गर्यो सहकार्य

Advertisement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनासम्बन्धी जनसचेतना जगाउन स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य सुरु गरेको छ । 

कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आमजनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको कम्पनीले जनाएको छ ।  

Advertisement

यस अभियानमा सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरु—व्यक्तिव्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिचि कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापकरुपमा फैलाईएको जनाइएको छ । 

यस अभियानअन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोनाभाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको एनसेलले जानकारी दिइएको छ । 
 

Advertisement

Advertisement