भायनेटको सेवा अब झापाको बिर्तामोडमा

Advertisement

काठमाडौँ । झापाको बिर्तामोडमा भायनेटले २३ औं शाखा विस्तार गरी सेवा प्रारम्भ गरेको छ ।  भायनेट बिर्तामोड शाखाको बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजेन्दप्रसाद लिङ्देनले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।  

यसअघि भायनेटले विराटनगर, धरान, इनरुवा, इटहरीलगायतका स्थानमा शाखा खोलेर सेवा प्रदान गर्दै आएको थियो । भायनेटले इन्टरनेट र केवुलको दुवै सेवा प्रदान गर्ने गरेको छ । 

Advertisement

निम्न र मध्यम वर्गीय उपभोक्तालाई लक्षित गरी सबैले उपयोग गर्न सकून् भन्ने उद्येश्यले फाइबरसहितको इन्टरनेट सेवा ल्याएको कम्पनीका शाखा प्रबन्धक नवीन चापागाईले बताए । उनले अहिले भायटिभी, भायसेक्योर, अल्ट्राबुस्टजस्ता सेवाका प्रकारहरु उपलब्ध रहेको जानकारी दिए ।

फाइबरसहितको इन्टरनेट सेवा दिनका लागि अहिले बिर्तामोडमा फाइबर बिछ्याउने काम भइरहेको बताउँदै उनले दुई वर्षभित्र जिल्लाभरि फाइबर पुर्याउने लक्ष्य रहेको जानकारी दिए । 

Advertisement

Advertisement