एनसेलको नयाँ ‘एनसेल सेन्टर’ भैरहवामा

Advertisement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भैरहवामा सुविधासम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै यो सेन्टर संचालनमा ल्याईएको कम्पनीले जनाएको छ । 

भैरहवाको मिलनचोक–५ स्थित कोइराला कम्प्लेक्समा रहेको यस एनसेल सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्दछ । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिमखरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । 

Advertisement

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।  

नयाँ सेन्टर संचालनको अवसरमा विभिन्न सेवाको लागि सेन्टर आएका ग्राहकले कार्तिक ३० गतेसम्म विभिन्न भोलुमको डेटा प्याक उपहारस्वरुप प्राप्त गर्नेछन् । भैरहवा सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम बिहान ५ बजेदेखि बेलुका ५ बजे सम्म ७ दिनसम्म मान्य रहनेछ । साथै सेन्टरबाट रु २०० को ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि ७ दिनको समयसिमा रहेको १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । 

त्यसैगरी रु ५०० र रु १००० को ब्यालेन्स रिचार्ज गर्नेे ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जीबी र २ जीबी डेटा पाउनेछन् । सेन्टरबाट आफ्नो थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि ७ दिनसम्म मान्य हुने १ जीबी डेटा पाृउनेछन् ।  

नयाँ सेन्टरले ग्राहकलाई थप मुल्य प्रदान गर्ने कम्पनीको भनाई छ । आइतबारदेखि शनिबार हप्ताको सातै दिनबिहान ९ बजेदेखि ५ः३० बजेसम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।
 

Advertisement

Advertisement