‘दराज ११/११ बिगसेल डे’मा दराज अनलाईनबाट डिशहोम खरिदमा २० प्रतिशत वा रु. ३ हजारसम्म छुट

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय टे«ण्डलाई हेर्ने हो भने ११–११ अर्थात नोवेम्वर ११ लाई २००९ देखि सपिङ महोत्सवको रुपमा मनाउन सुरु गरिएको हो ।

यसै सन्दर्भमा नेपालमा पनि उपभोक्ताहरुले अनलाईनबाट किनमेल गर्ने प्रचलन बढ्दो छ । र नेपालमा अनलाईन बिक्री सेवा सुरु गरेको अन्तर्राष्ट्रिय इ–कमर्स साईट दराजले पनि ११/११ लाई विशेष छुट सहित ग्राहकहरुलाई सेवा दिने गर्दछ ।

Advertisement

दराज अनलाईनमा ११/११ मा सुरु हुने सेलमा दराज अनलाईनमार्फत डिशहोम कनेक्सन, डिशहोम फाईबरनेट तथा डिशहोमका उपकरणहरु खरिद गर्दा २० प्रतिशत छुट अथवा रु ३००० सम्म डिस्काउण्ट प्राप्त गर्न सकिने छ ।

यो योजना दराज अनलाईमा बुधबार राति १२ बजेबाट २४ घण्टाको लागि खुल्ने छ । अब ग्राहकहरुले डिशहोम, डिशहोम फाईवरनेट तथा डिशहोमका अन्य उपकरणहरु दराजमार्फत अनलाईन अर्डर गर्न सक्नेछन् । 


 

Advertisement

Advertisement