मुम्बई पाँचौं पटक आईपीएल च्याम्पियन बन्न सफल

Advertisement

काठमाडौं । मुम्बई इन्डियन्स १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । मुम्बईले मंगलबार दुबईमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै उपाधि रक्षा गरेको हो । मुम्बईले रोहित शर्माकै कप्तानीमा पाँचपटक उपाधि उचालेको हो । चेन्नई सुपर किंग्सले तीनपटक उपाधि हात पारेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले सात विकेटको क्षतिमा एक सय ५६ रनको योगफल बनाएको थियो । एक सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमा अरिन्च जोटजेको बलमा कुणाल पाण्ड्याले एक रन लिँदै विजयी रन बटुलेका थिए । इशान किसनले १९ बलमा २२ रन बनाए ।

Advertisement

मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रन बनाएका थिए । उनले कप्तानी इनिङ्स खेले । शर्माले आइपिएलमा ३९औँ अर्धशतक लगाए । चालू आइपिएलमा उनको यो तेस्रो अर्धशतकीय इनिङ्स हो । उनले ५१ बल सामना गरी पाँच चौका र चार छक्का प्रहार गरी मुम्बईको जित आधार बलियो बनाए ।

रोहित र इसान किसनबीच तेस्रो विकेटका लागि ५.३ ओभरमा ४७ रनको साझेदारी गरेका थिए । १३औँ संस्करणमा मुम्बईले दिल्लीलाई चारै भेटमा हरायो । यसअघि समूह चरणमा दुई तथा पहिलो प्ले अफमा मुम्बईले दिल्लीलाई हराएको थियो । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement