नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत

Advertisement

काठमाडौं ।
‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल,
सगरमाथाझैं उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल... । ’
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । तिहार नजिकिँदै गएको बेला कम्पनीले तिहारको सांगीतिक शुभकामना गीत सार्वजनिक गरेको हो । 

नेपालीहरुको घर आँगन झिलीमिली बत्ती र फूलहरुले रंगिदै गरेको बेला यसै सन्दर्भलाई समेटेर कम्पनीले तिहार शुभकामना गीत तयार पारेको छ । 

Advertisement

नेपालीहरुको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि सबैले मनोरञ्जन लिन सकून् भनेर आफूहरुले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार पारेको नेपाल लाइफले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । 

स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाऊँला जस्ता उत्प्रेरणा समेत यस गीतले दिने कम्पनीको भनाई छ । शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा, बीमासम्बन्धी सचेतनामा समेत ध्यान खिचेको जनाइएको छ । 

तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा स्वर दिएका छन् । यसमा संगीत सोही टिमसहित कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् ।

गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ ।

Advertisement

Advertisement