प्रधानमन्त्रीको सहजताका लागि बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न

Advertisement

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार परिसरमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । प्रधानमन्त्रीको सहजताका लागि निर्माण गरिएको बालुवाटारमै हेलिप्याड बनाइएको हो । 

प्रधानमन्त्रीलाई हेलिकप्टर चढ्न विमानस्थल पुग्नुपर्ने बिगतको बाध्यता अन्त्य भएको छ । प्रधानमन्त्रीको सचिवालयका एक सदस्य सूर्य थापाका अनुसार नागरिक उड्डयन प्राधिकरणको तोकेको मापदण्डअनुसार प्रधानमन्त्री निवास परिसरमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न भएको हो । 

Advertisement

सोही हेलिप्याड प्रयोग गर्दै ओली बुधबार किमाथांका जानुका साथै आउँदा पनि सोही ठाउँमा अवतरण गरेका थिए । यसले प्रधानमन्त्रीहरुलाई कतै जानुपर्दा समय खेर फाल्नुपर्ने र विमानस्थलसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । 

Advertisement

Advertisement