अधिकांश बाणिज्य बैंकको नाफा घट्यो, वितरण योग्य नाफा झनै निरासाजनक

Advertisement

काठमाडौं । अधिकांश बाणिज्य बैंकहरुको नाफामा कोरोनाको ठूलो प्रभाव देखिएको छ । शुक्रबारसम्म २३ वटा बाणिज्य बैंकहरुले पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन् । तिमध्ये अधिकांश बाणिज्य बैंकहरुको नाफा र वितरणयोग्य नाफा दुबैमा कोरोनाका गहिरो प्रभाव देखिएको हो ।

हिमालयन बैंक
हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३६ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । जबकी अघिल्लो आवको सोही अवधीमा बैंकको नाफा ६९ करोड रुपैयाँ थियो । हिमालयनको वितरणयोग्य नाफा पनि जम्मा ६२ लाख रुपैयाँ मात्रै छ । 

स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल
यस बैंकको नाफा पनि ह्वात्तै घटेको छ । २०७६ असोज मसान्त अवधीमा ६४ करोड ४१ लाख नाफा कमाएको स्ट्याण्डर्ड चाटर्ड बैंकले यसपाली भने जम्मा ४० करोड  १३ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । यो बैंकको वितरणयोग्य नाफा ३८ करोड ८८ लाख रुपैयाँ रहेको छ । 

कृषि विकास बैंक 
कृषि विकास बैंकले पहिलो त्रैमासिकमा ४६ करोड १४ लाख नाफा कमाएको छ । जबकी गत आवको सोही अवधीमा बैंकले ५९ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा २२ लाख रुपैयाँ मात्रै छ । 

नेपाल बंगलादेश बैंक
नेपाल बैगलादेश बैंकको नाफा भने ५७ करोड ११ लाख पुगेको छ । यो बैंकले गत आवको सोही अवधीमा जम्मा ४० करोड २५ लाख रुपैयाँ कमाएको थियो । नेपाल बंगलादेश बैंकको पनि वितरणयोग्य मुनाफा भने जम्मा ५ करोड ८९ लाख रुपैयाँ मात्रै छ । 

सनराइज बैंक
सनराइज बैंकको नाफामा पनि कोरोनाले ठूलो प्रभाव पारेको देखिन्छ । यो बैंकले चालु आवको पहिलो त्रैमासिकमा जम्मा ३८ करोड रुपैयाँ नाफा गरेको छ । जबकी गत आवको सोही अवधीमा बैंकको नाफा ४५ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २४ करोड रुपैयाँले ऋणात्मक रहेको छ । 

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरीको नाफा पनि २२ करोड रुपैयाँमा सिमित भएको छ । यो बैंकले गत आवको पहिलो त्रैमासिकमा ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । कोरोनाका कारण सेञ्चुरीको वितरणयोग्य नाफा पनि ११ करोड रुपैयाा ऋणात्मक देखिएको छ । 

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकको नाफा पनि २० करोडमा खुम्चिएको छ । यस अघि बैंकको नाफा ४३ करोड थियो । बैंकको वितरणयोग्य नाफा भने २ करोड रुपैयाँ मात्रै छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक
यो बैंकको नाफा पनि ६२ करोड रुपैयाँमा खुम्चिएको छ । यो बैंकले गत आवको सोही अवधीमा ८४ करोड रुपैयाँ थियो । वितरणयोग्य नाफा भने २० करोडमा खुम्चिएको छ । 

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको नाफा पनि ५० करोडमै खुम्चिएको छ । यसअघि बैंकको नाफा ५२ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा भने ४८ करोड रुपैयाँले ऋणात्मक छ । 

एनएमबि बैंकको उल्लेख्य प्रगति
एनएमबि बैंकको नाफा भने वृद्धि भएको छ । बैंकको नाफा ७३ करोड पुगेको छ । जबकी यस अघि बैंकको नाफा २७ करोड मात्रै थियो । बैंकको वितरणयोग्य नाफा पनि ५१ करोड रुपैयाँ छ । 

एनसीसी बैंक
एनसीसीले पहिलो तीन महिनामा ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो बैंकले गत आवको सोही अवधीमा ३४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । एनसीसीको वितरणयोग्य नाफा १२ करोड रुपैयाँ रहेको छ । 

लक्ष्मी बैंक
लक्ष्मी बैंकको नाफा ३१ करोड रुपैयाँ छ । यो बैंकले गत आवको सोही अवधीमा ४० करोड रुपैयाँ नाफा कमाएको थियो । लक्ष्मीको वितरणयोग्य नाफा ३ करोड रुपैयाँ मात्रै छ । 

राष्ट्रिय बाणिज्य बैंक
पूर्ण सरकारी स्वामित्वको यो बैंकको नाफा पनि एक अर्ब १२ करोड रुपैयाँबाट घटेर ८२ करोड रुपैयाँमा आइपुगेको छ । यसको वितरणयोग्य मुनाफा भने ४३ करोड रुपैयाँ छ । 

एनआइसी एसिया बैंक
कान्छा सिइआको नेतृत्वमा रहेको एनआइसी एसिया बैंकले भने आफ्नो नाफा बढाउन सफल भएको छ । बैंकको नाफा एक अर्ब २ करोड छ । जबकी बैंकले गत आवको सोही अवधीमा जम्मा एक अर्ब मात्रै नाफा आर्जन गरेको थियो । यो बैंकको पनि वितरणयोग्य नाफा भने जम्मा ४ करोड रुपैयाँ मात्रै छ । 

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको नाफा पनि बढ्न सकेन । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३६ करोेड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा ३७ करोेड रुपैयाँ नाफा थियो । बैंकको वितरणयोग्य नाफा भने ६ करोड रुपैयाँ मात्रै छ । 

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमको नाफा एक अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने यो बैंकको नाफा जम्मा ७५ करोड थियो । बैंकको वितरण योग्य नाफा भने जम्मा २२ करोड रुपैयाँ मात्रै छ । 

Advertisement

एभरेष्ट बैंक
यो बैंकको नाफा पनि ३३ करोडमा खुम्चिएको छ । जबकी गत आवको सोही अवधीमा बैंकको नाफा ६९ करोड थियो । बैंकको वितरणयोग्य नाफा पनि १३ करोड रुपैयाँ मात्रै छ । 

कुमारी बैंक
 यो बैंकको नाफा भन बढेको छ । यसले आफ्नो नाफा बढाएर ६० करोड पुर्याएको छ । जबकी गत आवको सोही अवधीमा बैंकको नाफा जम्मा ४० करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा भने २५ करोड छ । 

प्राइम बैंक
यो बैंकले चालु आवको पहिलो त्रैमासिकमा एक अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । जबकी गत आवको सोही अवधीमा बैंकको नाफा ६५ करोड रुपैयाँ मात्रै थियो । 

नेपाल बैंक
नेपालकै पहिलो बैंकका रुपमा रहेको यो बैंकको नाफा जम्मा ५५ करोड रुपैयाँ छ । गत आवको सोही अवधीमा बैंकको नाफा ५८ करोड थियो । बैंकको वितरण योग्य नाफा भने १९ करोड रुपैयाँ छ । 

सिटिजन्स बैंक
यो बैंकको नाफा बढेर ५१ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ३४ करोड थियो । यसको वितरणयोग्य नाफा भने ९२ लाख रुपैयाँ मात्रै छ ।

प्रभु बैंक
प्रभु बैंकको नाफा बढेर ८५ करोड पुगेको छ । यो बैंकले गत आवको सोही अवधीमा ६२ करोड नाफा आर्जन गरेको थियो । यसको वितरणयोग्य नाफा भने १७ करोड रुपैयाँ छ । 

मेगा बैंक
यो बैंकको नाफा बढेर ६० करोड पुगेको छ । गत आवको सोही अवधीमा बैंकले जम्मा ४३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यसको वितरणयोग्य नाफा भने ५ करोड रुपैयाँ मात्रै छ । 
 

Advertisement

Advertisement