अमेरिकाले नेपाललाई दियो सय थान भेन्टिलेटर

Advertisement

काठमाडौँ । अमेरिकाले नेपाललाई सय थान भेन्टिलेटर सहयोग गरेको छ । कोभिड–१९ विरुद्धको लडाईंमा सहयोग पुर्‍याउन भन्दै अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको हो ।

अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)मार्फत दिइएका यी भेन्टिलेटरहरु नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् । 

Advertisement

भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिबद्ध रहेको भन्दै अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत यस भेन्टिलेटरले सहयोग पुर्‍याउने बताए । 

उनले ७० वर्षभन्दा भन्दा लामो समयदेखि विपद्, द्वन्द र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको स्मरण गर्दै उक्त सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताए ।

स्वास्थ्यमन्त्री ढकालले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेबाट नै वितरण सुरु गरिएको बताए । भेन्टिलेटरका अतिरिक्त यूएसएआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । 

Advertisement

Advertisement