सानिमा बैंकले साधारण सभा सक्यो, साढे १३ प्रतिशत मुनाफा वितरण गर्ने निर्णय

Advertisement

काठमाडौं । सानिमा बैंकको १६औंवार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट गरिएको सभाले १० प्रतिशत बोनस सेयर र तीन दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

आर्थिक वर्ष २०७६–७७ मा एक अर्ब ७८ करोड रुपियाँ खुद मुनाफा गरेको सानिमाको सम्पत्ति एक खर्ब २६ अर्ब ३१ करोड रुपियाँ, निक्षेप एक खर्ब १० अर्ब १० करोड रुपियाँ, कर्जा सापटी  ९३ अर्ब ६९ करोड रुपियाँ रहेको छ । 

Advertisement

आर्थिक वर्ष २०७५–७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्ति क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले बढेको सो बैंकले जनाएको छ । निष्क्रिय कर्जा शुन्य दशमलव ४५ प्रतिशत, पुँजी कोष १३ प्रतिशत, तरलता २४ प्रतिशत, कर्जा–निक्षेप अनुपात (मासिक औसत) ७४ दशमलव ७२ प्रतिशत रहेको सानिमा बैंकको ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा एटीएम सञ्चालनमा छन् । 
 

Advertisement

Advertisement