नेटटिभीको सेटटप बक्स  र एपमा पहिलो पटक आजबाट ‘लक्ष्मी’ हेर्न पाइने

Advertisement

काठमाडौं । वर्ल्डलिंकले सञ्चालन गरेको नेटटिभीले पहिलो पटक बलिउड चलचित्र ‘लक्ष्मी’ सोमबारदेखि नेपालको दुवै प्लेटफर्म नेटटिभी सेटटप बक्स  र नेटटिभी एप मार्फत हेर्न सकिने गरि ग्राहक समक्ष ल्याइएको छ ।

नेपालमा आईपीटीवी सेवा प्रशारण गर्ने अग्रणी कम्पनी नेटटिभीले लाइभ टिभी, चलचित्र, माग अनुसारको भिडियो लगायतका सेवाहरु टीभीमा नेटटिभी सेटटप बक्स र मोबाइलमा नेटटिभी एप मार्फत मनोरञ्जन समग्रीहरू प्रदान गर्दै आएको जनाएको छ । सोही क्रममा आजबाट ‘लक्ष्मी’को प्रसारण सुरु गरेको कम्पनीको भनाई छ । 

Advertisement

अक्षय कुमारद्वारा अभिनित यो चलचित्र दीपावलीमा सबैभन्दा ठूलो रिलीज भएको र यो चलचित्र विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलीज भएको जनाइएको छ । 

नेटटिभी रहेका वर्ल्डलिंकका ग्राहकहरूले यस चलचित्रलाई टिभीमा पनि रिलीज भएको पहिलो दिनमा नै नेटटिभी सेट–टप बक्स मार्फत हेर्न सक्नेछन। अरू गैरवर्ल्डलिंक  ग्राहकहरूले नेटटिभी एप डाउनलोड गरेर आफ्नो मोवाइलमा चलचित्र हेर्न सक्नेछन ।

नेटटिभीका प्रमुख कार्यकारी अधिकृत निरान राजभण्डारी भन्छन्,“अहिलेको अवस्थामा सबै सिनेमा हल र मल्टिप्लेक्सहरु बन्द भएकोले मनोरन्जनका विकल्पहरू कम भएका छन् र चलचित्र प्रेमीहरू निराश छन् । ‘लक्ष्मी ’ बलिउडको ठूलो बजेटको चलचित्र हो । यस चलचित्रलाई पहिलो दिन पहिलो कार्यक्रमबाट नै नेटटिभी प्लेटफर्म मार्फत नेपालका सबै मानिसहरूलाई हेर्नका लागी ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित भएकाछौ ।’

Advertisement

Advertisement