नब्बे प्रतिशत सफल भनिएको कोरोनाको खोप लगाउँदा 'साइड इफेक्ट'

Advertisement

काठमाडौं । अमेरिकी कम्पनी फाइजरले कोरोनाविरुद्ध विकास गरेको खोप लगाएका मानिसमा ‘साइड इफेक्ट’ देखिएका छन्।  

डेलिमेलको रिपोर्टअनुसार खोपको पहिलो डोज दिइएका धेरै स्वयंसेवकलाई विभिन्न असर देखिएका हुन्। खोप लगाएपछि उनीहरूमा टाउको दुख्ने, मांसपेशी दुख्ने र ज्वरो आउने लक्षण देखिएको बताइएको छ।  

Advertisement

यसअघि कम्पनीले कोरोनाबाट बचाउन खोप ९० प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको थियो। रिपोर्टअनुसार तेस्रो चरणको परीक्षण खोप लगाउन ६ देशमा गरेर ४३ हजार ५ सय भन्दा बढी मानिस सहभागी भएका थिए। तर उनीहरूलाई खोप लगाइयो वा लगाइएन भन्नेबारे जानकारी दियएको थिएन।

डेलिमेलमा प्रकाशित खबरअनुसार ४५ वर्षका एक स्वयंसेवकले पहिलो डोज लिँदा टाउको तथा शरीरमा दुखाइ महसुस गरे र दोस्रो डोज लिएपछि झन् समस्या बढ्दै गयो। खोप लिएका अर्का एक व्यक्ति भन्छन्, ‘खोप लगाइसकेपछि ‘ह्याङओभर’जस्तो महसुस भयो, तर यस्तो लक्षण केही समयका लागि मात्र भयो।’

मिडिया रिपोर्टका अनुसार परीक्षणमा सहभागीमध्ये आधालाई मात्र खोप दिइएको थियो। यसो किन गरियो भने खोप लगाउने र नलगाउने समूहमा संक्रमणको अवस्था कस्तो देखिन्छ भन्ने थाहा पाउन।  

यो खोप वितरण पनि चुनौतीपूर्ण छ। कम्पनीले यस वर्षको अन्त्यसम्ममा बेलायत सरकारलाई एक करोड डोज खोप उपलब्ध गराउने बताएको छ। यो खोप भण्डारणका लागि माइनस ७० डिग्री तापक्रम आवश्यक पर्छ। 

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement