एनएमबि बैंकमा अब भाइबर, फेसबुक र एनएमबि ई–एपबाट पनि खाता खोल्न सकिने

Advertisement

काठमाडौं । एनएमबि बैंकले चौबिसै घण्टा भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने सुविधा सुरु गरेको छ । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन गरेपछि बैंकले घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एपमार्फत खाता खोल्न सकिने सुविधा सुरु गरेको हो । 

यी प्रविधिमार्फत सबै किसिमका खाता खोल्न तथा मुद्दती खाता नवीकरण गर्न सकिने सेवा सुरु गरेको छ । ग्राहकहरुले यसरी खाता खोल्दा तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । बचत पनि तुरून्तै हुने जनाइएको छ । 

Advertisement

बचत खाता एनएमबिको सोसल अनबोर्डिङअन्तर्गत खोलिने र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन पाँच हजार रुपियाँसम्म हुने व्यवस्था गरिएको जनाइएको छ । 

ग्राहकले पहिलो पटकको कारोवारमा ई–एनएमबी एपको माध्यमबाट पाँच सय रुपियाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, उही बैंक र अन्य बैंकमा फण्ड ट्र««ान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेसालगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराईएको छ ।

डिजिटल बैंकिङ सेवा अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै एनएमबिले आफूहरु घरबाटै आरामपूर्वक बैंकिङ गतिविधिहरु रोज्नसक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशामा रहेको बताएको छ । 

आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ अनुभवहरु परिष्कृत भएको महसुस गर्न २४ अ‍ै घण्टा बचत खाता तथा मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको उसको भनाई छ । हालको परिप्रेक्ष्यमा यो सेवामार्पmत सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पुर्याउने यो एक महत्वपूर्ण योजना भएको एनएमबिको भनाई छ । 

Advertisement

Advertisement