काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ड्रम्पको मागअनुसार जोर्जिया राज्यमा भएको पुनः मतगणनामा पनि डेमोक्राटिक उम्मेदवार जो बाइडन नै विजयी भएका छन् ।
ट्रम्पले कानुनी चुनौति दिएपछि जोर्जियासहित तीन राज्यमा पुनः मतगणना भएको थियो । जेर्जियामा बाइडनले ट्रम्पलाई १२ हजार २८४ मतले ट्रम्पलाई पराजित गरेका छन् ।
उक्त राज्यको नजिता आएसँगै बाइडेनले अब आफूलाई ढुक्क भएको बताएका छन् । ट्रम्पले चुनावमा पराजित भइसकेपछि पनि गैरजिम्मेवारीपन देखाएको भन्दै आलोचना पनि गरेका छन् ।