चिनियाँ रक्षामन्त्री पनि नेपाल आउने, स्वागतको भव्य तयारी हुँदै

Advertisement

काठमाडौं । भारतबाट सेनाध्यक्ष मनोजमुकुन्द नरभणे र खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयलको भ्रमणपछि अर्को छिमेकी चीनबाट रक्षामन्त्री जनरल वेई फेङ्गे दुईदिने औपचारिक भ्रमणमा नेपाल आउने भएका छन् । 

परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र जंगी अड्डाले उनको भ्रमणका लागि आ–आफ्ना तयारी तीव्र पारेका छन् । पछिल्लोपटक भारतबाट उच्च सुरक्षा अधिकारीहरूको भ्रमण भएलगत्तै चीनबाट पनि रक्षामन्त्रीको भ्रमण हुन लागेको छ ।

Advertisement

कोभिड– १९ को विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेई सबैभन्दा वरिष्ठतम् चिनियाँ अधिकारी हुन् । जनरल वेई पहिलो वरीयताका चिनियाँ स्टेट काउन्सिलर हुन् । तर, विदेशमन्त्री रहेका वाङ यी तेस्रो वरीयताको स्टेट काउन्सिलर हुन् । 

उच्च कूटनीतिक स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको पछिल्लो नेपाल भ्रमणका वेला घोषणा भएको रणनीतिक साझेदारीको कार्यान्वयन एवं दुई देशबीचका सुरक्षा एवं राजनीतिक मुद्दामा छलफलका लागि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुन लागेको हो । 

भारतीय विदेशसचिव हर्षबर्धन शृंगला परिचयात्मक सद्भावना भ्रमणका लागि ११ मंसिरमा काठमाडौं आउँदै छन् । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement