शिवम् सिमेन्ट उद्योगमा आगलागी, ५० लाख रुपियाँको क्षति भएको अनुमान

Advertisement

मकवानपुर । शिवम् सिमेन्ट उद्योगमा आगलागी हुँदा ५० लाख रुपियाँको क्षति भएको छ । हेटौँडा उपमहानगरपालिका–१६ मा रहेको उद्योगको कारखानाको कोइला च्याम्बरमा शनिबार बिहान लागलागी भएको जनाइएको छ । 

विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आगलागी प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएकोले ठूलो क्षति हुन पाएन् । 

Advertisement

Advertisement

Advertisement