कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तार पुसबाट सुरु गरिने

Advertisement

काठमाडौं । सरकारले ४ लेनको कोटेश्वर–जडीबुटी सडकखण्ड ६ लेनमा विस्तार गर्ने काम पुसदेखि सुरु गर्ने भएको छ । थप दुई लेन विस्तार गर्न ठेक्का मूल्यांकनको काम भइरहेको सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिए । 

उनका अनुसार मंसिर तेस्रो हप्तासम्ममा ठेक्काको टुंगो लाग्नेछ । डिभिजनका अनुसार चालू आर्थिक वर्ष ०७७–७८ भित्रै काम सक्ने योजना छ । सडक विस्तार कोटेश्वर चोकदेखि काठमाडौं र भक्तपुर जोड्ने मनोहरा पुलसम्म गरिनेछ । १२ करोड रुपियाँ बजेट विनियोजन गरेको सडक विस्तारका लागि सबै प्राविधिक अध्ययनको काम सम्पन्न भइसकेको छ ।

Advertisement

पूर्वबाट राजधानी भित्रिने एक मात्र नाकामा दैनिक तीन घन्टासम्म जाम हुन थालेपछि सरकारले समाधानको उपायस्वरूप सडक विस्तार गर्ने योजना अघि सारेको हो । यसअघि बजेटमा समेत सरकारले सो क्षेत्रमा जामको समस्या समाधान गर्न सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement