क्रसर उद्योगका कारण थाकथलो नै छोड्नुपर्ने बाध्यता

Advertisement

सुर्खेत । बराहताल गाउँपालिका–२ थापाडेराका पदमबहादुर थापाले गाउँमै कृषि तथा पशुपालन फर्म सञ्चालन गरेका छन्। चुरेको फेदी नजिकैबाट बग्ने भेरी नदी किनारको उनको फर्ममा दुई वर्ष अघिसम्म १५–२० वटा भैंसी हुन्थे। खशी–बाख्रा र अन्य चौपायाको संख्या पनि उल्लेख्य थियो। नजिकै जंगल भएकाले पशुपालन व्यवसाय फष्टाउँदै थियो। दुई वर्ष यता उनको व्यवसाय ओरोलो लागेको छ। भैसीको संख्या घट्दै गएर आठ वटामा झरेको छ। खशी–बाख्राको अवस्था पनि उस्तै छ। व्यवसाय विस्तार गर्नुको सट्टा उनी यो पेशा छोड्ने तयारीमा छन्।  

बस्ती नजिकै दुई वटा क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा आए। त्यसको प्रदूषण सिंगो बस्ती र खेतीबालीमा मात्रै होइन्, चुरेको जंगलसम्म पुग्यो। ‘क्रसर र बालुवा उद्योगको धुलोले जंगल ढाक्यो, पशुवस्तुका लागि खुवाउन मिल्ने घाँस पाइन छोड्यो,’ उनले भने, ‘त्यसैले यो व्यवसायसँगै थातथलो छोडेर बस्ती सर्ने तयारीमा छु।’ कर्णाली प्रदेशको राजधानी नजिकको यो गाउँबाट उत्पादन भएको दुध वीरेन्द्रनगरमा पुग्थ्यो। भैसीसँगै पालेका बाख्रा, कुखुरा र तरकारी खेतीबाट आम्दानी राम्रो हुन्थ्यो।  

Advertisement

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement