नागरिक लगानी कोषको जगेडा कोषमा ७७ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । नागरिक लगानी कोषले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १४ करोड ५९ लाख ६५ हजार रुपियाँ खुद नाफा कमाएको छ । कोषको यो नाफा गत वर्षको सोही अवधिको भन्दा २० दशमलव ६३ प्रतिशतले बढी भएको हो । गत वर्ष पहिलो त्रैमासमा कोषले १२ करोड १० लाख खुद नाफा गरेको थियो । 

कोषको कुल आम्दानी १६ प्रतिशत बढेको छ । गत वर्ष २२ करोड ४३ लाख रुपियाँ कुल आम्दानी गरेको कोषले यस वर्ष २६ करोड १२ लाख ५० हजार रुपियाँ आम्दानी गरेको छ । हाल कोषको चुक्तापूँजी एक अर्ब ६४ करोड ६ लाख ९९ हजार रहेको छ भने जगेडा कोष आठ अर्ब २८ करोड ४८ लाख ५० हजार रुपियाँ पुगेको छ । 

Advertisement

कोषको जगेडा कोष यस वर्ष ७७ प्रतिशतले बढेको हो । गत वर्ष यसै अवधिमा कोषमा चार अर्ब ६७ करोड ८८ लाख रुपियाँ रकम थियो । सोही कोषको उपयोग गर्दै नागरिक लगानी कोषले लगानी बढाएर एक खर्ब ५० अर्ब ५५ करोड ४५ लाख १० हजार रुपियाँ पुर्याएको छ । 

Advertisement

Advertisement