शेयर कारोबारमा नयाँ रेकर्ड, बैंकिङ समूहमा झुम्मिए लगानीकर्ता

Advertisement

काठमाडौँ । साताको पहिलो दिन आज पनि शेयर बजारको उकालो यात्रा जारी रह्यो । शेयर बजार बढेसँग कारोबार रकममा गत साताको अन्तिम दिन विहीबारको रेकर्ड पनि आज तोडिएको छ । गत विहीबार ६ अर्ब ११ करोड रुपियाँको शेयर कारोबार भएकोमा आज आज बढेर ६ अर्ब ९० करोडको कारोबार भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ४.६९ अंकले बढेको हो । ०.२६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १७८२.८१ अंकमा उक्लिएको छ । आज २०१ कम्पनीका १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३ सय १५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

Advertisement

शेयर बजार बढे पनि आज बैंकिङ र अन्य समूहबाहेक अरु सबै समूह राताम्मे भए । शेयर लगानीकर्ताहरु बैंकिङ समूहमा झुम्मिए । आज बैंकिङ समूह २९.४४ र विकास बैंक समूह १३.४६ अंकले बढेका हुन् । 

आज सिटिजन्स म्युचुअल फण्ड–२ का शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने माउन्टेन हाइड्रो नेपाल लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी ८.९३ प्रतिशतले घाटा व्यहोरेका छन् । नेपाल पुनर्बीमा कम्पनीको शेयर आज पनि सबैभन्दा बढी किनबेच भयो । पुनर्बीमा कम्पनीको ५७ करोड ९१ लाख १९ हजार २ सय ६८ रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

तिहार अघिका साताका पाँचै दिन र तिहार पछि बजार खुलेको दुबै दिन बढेको शेयर बजारले आज पनि थप उचाई लिएको हो । 

तलको लिंक पनि क्लिक गर्नुहोलाः 

अनलाइन कारोबारले शेयर बजारमा नयाँ कीर्तिमानः नेप्से

Advertisement

Advertisement