देउवालाई आठ मन्त्रालय दिने ओलीको प्रस्ताव

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग शनिबार भएको भेटमा प्रधानमन्त्री केपी ओलीले आठ वटा मन्त्रालय काँग्रेसलाई दिन आफू तयार रहेको भन्दै सत्ता साझेदारीको प्रस्ताव गरेका छन् । 

बेलुकी अबेरसम्म भएको तीन घण्टा लामो भेटवार्तामा ओलीले पावरफुल मन्त्रालयसहित आठ मन्त्रालय दिन आफू तयार रहेको भन्दै सत्ता साझेदारीका लागि हात अघि बढाएको स्रोतको भनाई छ । 

Advertisement

देउवा र ओलीले आफ्ना विश्वासपात्रलाई समेत राखेर भएको भेटवार्तामा ओलीले पुष्पकमल दाहाल प्रचण्ड फुटको मनस्थितिमा पुगिसकेको भन्दै ओलीले सत्ता साझेदारीको प्रस्ताव गरेपछि देउवा सकारात्मक बनेको र एकपटक पार्टीमा छलफल गरेर चाँडै निर्णय दिने आश्वासन दिएका थिए । 

ओलीले भेट्न बालुवाटार बोलाएपछि गोपालमान श्रेष्ठ र रमेश लेखकलाई बोकेर गएका थिए । ओलीले पनि सुवाश नेम्वाङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाललाई बैठकमा राखेका थिए । 

प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि मिसिएपछि आफू संकटमा परेको भन्दै देउवाले आफ्नो दुखेसो सुनाएका थिए । देउवाले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न ओलीलाई सुझाव दिएको स्रोतको भनाई छ । 
 

Advertisement

Advertisement