सरकारले सार्वजनिक गर्यो १५ उत्कृष्ट करदाता, यस पटक व्यक्तिगत आयकर बढी तिर्नेमा विजय शाह

Advertisement

काठमाडौं । सरकारले १५ उत्कृष्ट करदाताको सुची सार्वजनिक गरेको छ । नवौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाता घोषणा गरिएको हो । हरेक बर्ष मंसिर १ मा कर दिवसको विशेष कार्यक्रम गरी उत्कृष्ट करदाता घोषणा गर्ने गरिएकोमा यस बर्ष तिहार परेकाले कर सप्ताहको अन्तिम दिन उत्कृष्ट करदाताहरुको सुची सार्वजनिक गरिएको हो । 

आन्तरिक राजस्व विभागले आयोजना गरेको कर सप्ताहको आइतबार सार्वजनिक गरिएको उत्कृष्ट करदातामध्ये व्यक्तिगत आयकर बढि तिर्नेमा यस पटक मदिरा व्यवसायी विजयबहादुर शाह परेका छन् । यसअघिका अधिकांश कर दिवसमा सिप्रदी ट्रेडिङ प्रालिका अध्यक्ष सिदार्थशम्शेर राणा उत्कृष्ट करदाता बनेर सम्मानित हुँदै आएका थिए । यस पटक शाहले उनलाई उछिनेका छन् । शाहको सम्मानसँगै नेपालमा रक्सीको व्यापार मौलाउँदै गएको देखिएको छ ।  

Advertisement

आयकरतर्फ आर्थिक वर्ष २०७५–७६ र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६–७७ लाई आधार मानेर निकालिएको सुचीमा शाह उत्कृष्ट आयकर तिर्नेमा छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् । 

आव २०७५–७६ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीमा सूर्य नेपाल रहेको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा डाबर नेपाल रहेको छ । बढी आयकर तिर्ने विशेष उद्योगका रुपमा हिमाल पावर कम्पनी रहेको छभने कृषि एवम् पशुपंक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा अन्नपूर्ण एग्रो एण्डष्ट्रिज रहेको छ । 

पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड रहेको छ । त्यस्तै, विप्रेषणको कारोबार गर्ने कम्पनीमध्ये बढी आयकर आइएमई लिमिटेड रहेको छ । बैंक तथा वित्तीय संस्थामा बढी आयकर तिर्नेमा नविल बैंक रहेको छ । 

Advertisement

Advertisement