‘यस’ पछि लक्ष्मी विलास बैंक पनि समस्यामा, २५ हजार बढी पैसा झिक्नै नपाइने

Advertisement

काठमाडौं । भारतमा यस बैंक पछि लक्ष्मी विलास बैंक पनि समस्यग्रस्त घोषणा भएको छ । रिजर्भ बैंक अफ इण्डिया(आरबिआई)को सिफारिसमा सरकारले मासिक २५ हजार भन्दा बढी रकम निकाल्नै नमिल्ने निर्णय गरिदिएको छ । बैंकका खातावालाहरुले डिसेम्बर १६ तारिखसम्म मासिक २५ हजार रुपैयाँ मात्रै झिक्न पाउँछन् ।  

आरबिआईले बैंकको सञ्चालक समिति निलम्बन गरेर आफ्नो तर्फबाट प्रशासक नियुक्त गरिसकेको छ । आरबिआईका अनुसार लक्ष्मी विलास बैंकको वित्तिय अवस्था लगातार खराब हुँदै आएको छ । पछिल्लो तीन वर्षमा बैंक लगातार घाटामा छ र यसको नेटवर्थ पनि घटीरहेको छ । नन फरफरर्मिङ एसेट(एनपीए) पनि निरन्तर बढीरहेको छ । 

यस अघि सन २०१९ मा पञ्जाव एण्ड महाराष्ट्र को अपरेटिभ बैंक(पीएमसी)का खातावालाले पनि यसरीले सास्ती भोग्नु परेको थियो । भारतमा नागरिकको खातामा पाँच भन्दा बढी रकम जम्मा भए पनि बैंक डुब्यो भने नागरिकले पाँच लाख रुपैयाँ मात्रै पाउँछन् । बाँकी पैसा डुब्नेछ । यसैपाली बजेट मार्फत डिपोजिट इन्स्योरेन्स एण्ड क्रेडिट ग्यारेन्टी कर्पाेरेशन(डीआईसीजीसी)ले पाँच लाख बराबर निक्षेपको मात्रै सुरक्षा ग्यारेण्टी गर्छ । आरबिआईले लक्ष्मी विलास बैंकलाई डीबीएस बैंक इण्डियामा विलय गराउने योजना तयार गरेको छ ।

धेरै ब्याज दिने बैंकसँग सचेत हुनुस 
भारतका पूर्व राजश्व सचिव राजीव टकरुले धेरै ब्याज दिने बैंकहरुसँग सचेत हुनुपर्ने बताएका छन् । उनले धेरै ब्याज दिने बैंकहरुमाथी आरबिआईले पनि कडा निगरानी गर्नुपर्ने धारणा पनि अघि सारेका छन् । ‘खासगरि सरकारी बैंकहरुमा पैसा राख्दा थोरै ब्याज आउँछ, तर जब कुनै बैंकले सबै भन्दा अधिक ब्याज दिन्छ, त्यसमाथि छानविन आवश्यक हुन्छ’, पूर्व राजश्व सचिव टकरुले भनेका छन् । 

बैंक बजार डटकमका सिइओ आदि सेट्टीका अनुसार यसपाली नोभेम्बर महिनामा अधिकांश बैंकहरुले मुद्धति निक्षेपमा ४.९ देखि ५.५ प्रतिशत ब्याजदर दिएका छन्, तर केहि साना बैंकहरुले ७ प्रतिशतसम्म ब्याज दिएका छन् । मानिसहरुलाई धेरै  ब्याजदर दिने बैंकले आकर्षित गरिरहेका छन् । तर ब्याजसँगै मुलधन पनि सुरक्षित हुने बैंकमा पैसा जम्मा गर्नुपर्छ । र एउटै बैंकमा सबै पैसा राख्नु पनि हुन्न । यो नै यस्तो उपाय हो जसले तपाईको आम्दानी डुब्नबाट जोगाउँछ । 
 

Advertisement

Advertisement

Advertisement