महोत्तरीको एक हार्डवयर गोदाममा आगलागी, करोडौं रुपियाँको क्षति

Advertisement

बर्दिबास । महोत्तरीको औरहीस्थित एक हार्डवेयर गोदाममा आगलागी हुँदा करोडौं रुपियाँ क्षति भएको छ । गए राति भएको आगलागीमा अम्बिका जेनरल हार्डवेयरको गोदाम जलेको हो । 

हार्डवयर सञ्चालक महेश साहले आगलागीबाट आफ्नो झण्डै १० करोड रुपियाँको सम्पत्ति नष्ट भएको बताएका छन् । आयो निभाउन सेना र प्रहरीका साथै पाँच वटा दमकल प्रयोग गर्नुपरेको थियो । आगलागी सुरु भएको चार घण्टापछि दमकल आएकाले पनि क्षति बढि हुन पुगेको हो । 

Advertisement

आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन् । आइतबार साँझ एक्कासी गोदमबाट धुँवा आउन थालेको र पछि भीषण रुप लिएको साहको भनाई छ । गोदामको माथिल्लो भागमा गोदाम सञ्चालकको परिवार र केही कोठामा भाडामा बस्नेहरु रहेका थिए । धुँवा सुरु भएसँगै स्थानीयले माथि बस्नेहरुलाई उद्दार गरेर ज्यान जोगाएका थिए । गोदममा प्रज्वलनशील वस्तुहरु धेरै भएकाले पनि आगलागीले ठूलो रुप लिएको स्थानीयको भनाई छ । 

Advertisement

Advertisement