शेयर बजारको उत्साहपूर्ण यात्रामा लाग्यो ब्रेक, कारोबार रकम पनि घट्यो

Advertisement

काठमाडौँ । तिहार अघिको साताबाट निरन्तर बढ्दै आएको शेयर बजार उत्साहपूर्ण यात्रामा आज भने ब्रेक लागेको छ । तिहार बिदा हुनु अघिको साताका ५ दिन र तिहार पछि बजार खुलेको ३ दिन शेयर बजार निरन्तर उकालो लागेको थियो भने आज नवौँ दिन शेयर बजार ओरालो झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज शेयर बजार २.३८ अंकले घटेको छ  भने कारोबार रकम पनि आज कम भएको छ । साताको पहिलो दिन ६ अर्ब ११ करोड र दोश्रो दिन हिजो ६ अर्ब ९० करोड कारोबार भएकोमा आज घटेर ४ अर्ब ७६ करोड बराबरको शेयर मात्रै किनबेच भएको छ । 

Advertisement

नेप्सेका अनुसार आज ०.१३ प्रतिशतले बजार घट्दा परिसूचक १७८०.४३ अंकमा ओर्लिएको छ । आज १९९ कम्पनीका १ करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६ सय ११ रुपियाँ बराबरको कारोबार भयो । बजार घटेको दिन आज बैंकिङ समूह, ट्रेडिङ समूह, होटल्स समूह र उत्पादनमूलक समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी समूह राताम्मे भए ।

आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेनट एण्ड डेभलपमेन्ट कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ९.९२ प्रतिशतले नाफा कमाएका छन् भने एनआईसी एशिया ब्यालेन्स्ड फण्डका शेयरधनीहरुले सबैभन्दा बढी ४.५४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल बैंक लिमिटेडको उच्च कारोबार भएको छ । नेपाल बैंकको ३० करोड २२ लाख ७ हजार ४ सय ६३ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement