गार्डेन मार्टले घोषणा गर्याे लक्की ड्रका विजेता, खड्का र गौतमले पाए १ तोला सुन र स्कुटर

Advertisement

काठमाडौं । दशैँ, तिहार र छठ पर्वको अवसर परेर गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको लक्की ड्र का विजेताको घोषणा गरिएको छ । 

स्टोरले सोमबार एभिन्युज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर विजेताको घोषणा गरेको हो । जसअन्तर्गत राजाराम खड्काले १ तोला सुन र अभय गौतमले लक्की ड्रमा प्लेजर स्कुटर प्राप्त गरेका छन् । 

Advertisement

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले उपभोक्तालाई सर्वसुलभ रुपमा एउटै छानामुनि दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन मुलुकका विभिन्न स्थानमा चेन स्टोरका रुपमा गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ । 

संस्थाका मुख्य प्रबन्धक लिलानाथ गौतमका अनुसार स्टोरले ५ हजार र ८ हजार रुपियाँसम्मको सामान खरिद गर्ने उपभोक्ताहरूलाई यो लक्की ड्रमा सहभागि गराएको थियो । 

संस्थाले डडेलधुरा, भक्तपुर र दाङको तुल्सिपुरमा मार्ट सञ्चालनमा ल्याइसकेको छ । निकट भविष्यमै मुलुकका विभिन्न क्षेत्रमा करिव २ सयको हाराहारीमा मार्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको मुख्य प्रबन्धक गौतमले जानकारी दिए ।  


 

Advertisement

Advertisement