एक हजार ७९० जना कोरोना संक्रमित थपिए, उपत्यकामै ९४७

Advertisement

काठमाडौँ । देशभर आज थप एक हजार ७९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा एक हजार ६९ पुरुष र ७२१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेको छ । थप १० हजार ८४३ को पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख चार हजार ५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७९१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ८५९ सक्रिय सङ्क्रमित छन् ।    

Advertisement

काठमाडौँ उपत्यकामा ९४७ सङ्क्रमित थपिए
काठमाडौँ उत्यकामा थप ९४७ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख चार हजार ६८२ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ६९२, ललितपुरका १९० तथा भक्तपुरका ६५ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । 

हालसम्म काठमाडौँमा ८४ हजार ५१७, ललितपुरमा १२ हजार ५७७ तथा भक्तपुरका सात हजार ५८८ सङ्क्रमित भएका छन् । तीमध्ये काठमाडौँमा ७६ हजार ४४२, ललितपुरमा १० हजार ८९७ तथा भक्तपुरमा छ हजार ८९३ सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ३३१, ललितपुरमा ९१ तथा भक्तपुरमा ८७ जनाको कोरोनाबाट ज्यान गएको छ ।

कोरोनाबाट थप २४ जनाको मृत्यु  
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ३६१ पुगेको छ ।  

Advertisement

Advertisement