एक्कासी सेयरको मूल्य बढेपछि एलन मस्क विश्वकै दोस्रो ठूलो धनी

Advertisement

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् । 

टेस्लाको शेयर मूल्यमा भएको वृद्धिसँगै सोमवार मस्कको नेटवर्थ ७ अर्ब २० करोड डलरले बढेर १ खर्ब २७ अर्ब ९० करोड डलरमा उक्लिएको अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सले देखाएको छ । 

Advertisement

यस वर्षको अहिलेसम्मको अवधिमा मस्कको सम्पत्ति १ खर्ब ३० करोड डलरले बढिसकेको छ । यो इन्डेक्समा सूचीकृत कुनै पनि व्यक्तिको सम्पत्तिमा देखिएको अहिलेसम्मकै ठूलो वृद्धि हो । जनवरीमा मस्क सूचीमा ३५औं स्थानमा थिए । 

टेस्लाको शेयरमूल्य पनि ५ अर्ब डलर पुग्दैछ । सोमवार गेट्सको नेटवर्थ १ खर्ब २७ अर्ब ७० करोड डलर रहेको थियो । एजेन्सी

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement