बिना अनुमति कतार प्रहरीका लागि भर्ना गरेको भन्दै तीन म्यानपावर कम्पनीको कारोबार रोक्का

Advertisement

काठमाडौँ । कतार प्रहरीका लागि अनुमति नलिई भर्ना प्रक्रिया सुरु गरेको भन्दै वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको छ । विभागले  एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गर्ने निर्णय गरेको हो । 

कतारमा हुन लागेको विश्वकप फुटबललाई लक्षित गर्दै नेपालस्थित कतारी दूतावासको समेत संलग्नतामा कतार प्रहरीका लागि आवेदन लिँदै अन्तरवार्ता गरिरहेको अवस्थामा विभागले तीन विभागहरुमा हस्तक्षेप गरेको
थियो । त्यस क्रममा प्रहरी र म्यानपावरम्वद्ध व्यक्तिहरुबीच पनि तनाबसमेत सिर्जना भएको थियो । 

Advertisement

विभागका महानिर्देशक कुमार दाहालका अनुसार विभागले तीनवटै कम्पनीका सञ्चालकलाई २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको र उनीहरुलाई कामदार पठाउनका लागि कुनै पनि कारोबार नगर्न निर्देशन दिइएको छ । 

Advertisement

Advertisement