मन्त्री भट्टराईले बीमा बापतको १ लाख रुपियाँबाट गराए ३ सय जनाको कोरोना बीमा

Advertisement

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आफूले कोरोना बीमा बापत प्राप्त गरेको १ लाख रुपियाँबाट ताप्लेजुङका ३ सय जनाको कोरोना बीमा गराएका छन् । 

मन्त्री भट्टराईले प्रतिनिधि सभामा आफू निर्वाचित भएको जिल्लाका न्यून आय भएका, विपन्न, विधार्थी, असहाय तथा मजदुरहरुको कोरोना बीमा गराएका हुन् । 

Advertisement

यसअघि पनि उनले आफ्नो तलब भत्ता बापतको प्राप्त रकमबाट ताप्लेजुङ स्थायी ठेगाना भएका १ हजार २ सय ७६ जनाको कोरोना बीमा गराएका थिए । पछिल्लो पटक ३ सय जना समेत गरी मन्त्री भट्टराईले त्यहाँका १ हजार ५ सय ७६ जनाको कोरोना बीमा गराएको स्वकीय सचिव प्रेम गुरागाईँले जनाएका छन् । 

Advertisement

Advertisement