नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष ठगीको आरोपमा पक्राउ

Advertisement

काठमाडौँ । भक्तपुरको चर्चित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । ठगीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको जनाएको छ । निकै लामो समयदेखि चर्चामा रहेको उक्त कलेजलाई निजी कम्पनीमा रुपान्तरण गरी सार्वजनिक सम्पत्ति हडप्न खोजेको उनीमाथि आरोप लाग्दै आएको थियो । 

Advertisement

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि न्यौपानेमाथि अनुसन्धान गरिरहेको बेला प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो । उनीसँगै उक्त कलेजसम्वद्ध रहेका कांग्रेसका पूर्वसांसद सूर्यबहादुर केसी, जावलाखेलका रामरत्न उपाध्याय, विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लबराज भट्टराईलाई पनि ठगीको आरोप लागेको छ । 

न्यौपानेसँगै लाखौं रुपियाँ घुस लिएको तथ्य बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले राजीनामा दिन बाध्य भएका थिए ।

Advertisement

Advertisement