राष्ट्रिय सहमति जुटाएर एमसीसी पास गर्न महासंघकी अध्यक्ष भवानी राणाको आग्रह

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले राष्ट्रिय सहमति जुटाएर अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न सरकारसँग आग्रह गरेकी छन् । 

महासंघको ५४औं बार्षिक साधारसभा उदघाटनका क्रममा बिहीबार स्वागत मन्तव्य दिँदै राणाले विद्युत प्रसारणलाई प्रभावकारी बनाई निर्यातका लागि एमसीसी परियोजना सहयोगी हुने भन्दै यसलाई पास गर्ने कुरामा महासंघ सहयोगी हुने बताइने । 

Advertisement

उनले कोभिड १९ को प्रतिकुल अवस्थामा पनि महासंघले मुलुकको अर्थतन्त्रको ब्लड सर्कुलेशन गराउन बलियो धमनीको रुपमा काम गरेको बताइन् । दैनिक जनजीवनमा संकट आउन नदिन महासंघले खेलेको भूमिका स्मरण गराउँदै आपूर्ति व्यवस्था सहज बनाउन जोखिम मोलेर पनि उद्योगहरु निर्वाध सञ्चालन गर्न महासंघले आव्हानका उद्योगी र कामदारहरुले काम गरेको राणाले बताइन् । 

कोभिड १९ ले मानवीय क्षतिका साथै विश्व अर्थतन्त्रलाई कठिन अवस्थामा पुर्याएको बताउँदै अध्यक्ष राणाले धेरै ठूला अर्थतन्त्र ऋणात्मक भएको, अनौपचारिक क्षेत्रका दुई अर्बमध्ये एक अर्ब ६० करोड मानिसहरुको अवस्था गम्भीर बनेको बताइन् । 

उनले नेपालमा पर्यटनसहितका क्षेत्रहरु नराम्रोसँग प्रभावित र ३१ प्रतिशत उद्योगहरु पूर्णरुपमा बन्द भएको बताउँदै ऋण तिर्न, बिद्युत महशुल तिर्न, कर तिर्न धेरै उद्योग व्यवसायहरुलाई कठिन अवस्था सिर्जना भएको बताइन् । 

Advertisement

Advertisement