भारतीय विदेश सचिवले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई आजै भेट्ने

Advertisement

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आजै प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्या भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गर्ने भएका छन् । 

शुक्रबार फर्किनेगरी आएका उनले बिहीबार बिहान आएका उनले नेपाली सरकारी टोलीसँग द्धिपक्षीय वार्ता गरेका छन् । वार्ता याक एण्ड यतिमा भएको थियो । भारतीय गुप्तचर संस्था रअका प्रमख सामन्त गोयल र भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेको भ्रमणपछि आएका हर्षवर्धनको भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

Advertisement

उनले कोरोना उपचारका लागि उपयोगी रेमडिसिभिर औषधि परराष्ट्रमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि छ । हर्षवर्धनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बेलुकी मात्रै भेट्नेछन् । 

शुक्रबार गोरखा र मनाङ भ्रमणमा जाने योजना बनाएका हर्षवर्धनले भारतीय सहयोगमा गोरखामा बनाइरहेका घरहरुको अवलोकन गर्ने, मनाङमा भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ । उनी नेपालीसमेत राम्रो बोल्दछन् ।

Advertisement

Advertisement