शेयर बजारमा नयाँ कीर्तिमान पछि नेप्सेले जनायो यस्तो प्रतिक्रिया

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएपछि दोश्रो बजारमा प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको जनाएको छ ।साताको अन्तिम दिन आज शेयर बजारमा नेप्से र कारोबार रकम दुबैमा रेकर्ड ब्रेक भएपछि नेप्सेले विज्ञप्ति प्रकाशित गरी उक्त प्रतिक्रिया जनाएको हो । 

आज ७० हजार ३ करोबारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपियाँ बराबरका १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता किनबेच भएका छन् । यसैगरी समग्र शेयर बजार परिसूचक नेप्से १८९३.२४ बिन्दु कायम भएको छ । ‘कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोश्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हो’–नेप्से प्रवक्ता मुराहरी पराजुलीले विज्ञप्तिमा उल्लेख गरेका छन् । यसअघि २०७७ मंसिर ७ गते ६ अर्ब ९० करोड रुपियाँ बराबरको कारोबार भएको थियो भने २०७३ साउन १२ गते बजार परिसूचक नेप्से १८८१.४५ बिन्दुमा पुगेको थियो । 

Advertisement

‘खासगरी कारोबारको आकार बृद्धि हुनुमा अनलाइन कारोबार प्रणाली नट्सको प्रत्यक्ष योगदान देखिन्छ’–नेप्सेले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ । हालसम्म अनलाइन मार्फत कारोबार गर्नका लागि १ लाख ८५ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् । आजको कारोबारमा २३ हजार ५० लगानीकर्ता सहभागी भए भने आजको कारोबार मध्ये ८७.७५ प्रतिशत कारोबार अनलाइनमार्फत भएको प्रबक्ता पराजुलीले बताए ।   

Advertisement

Advertisement