नेपाल एसबिआई बैंकले परोपकार केन्द्रलाई दियो विद्युतीय उपकरण

Advertisement

काठमाडौँ । नेपाल एसबिआई बैंकलेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्तिथ श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ । विसं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धाहरुलाई आश्रय दिएको छ । 

उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपककूमार देद्वारा सो संस्थाका अध्यक्ष विक्रम मादेन(गुरुङ ) लाई सामानहरु ह्स्तान्तरण गरेका हुन् । 

Advertisement

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।
 

Advertisement

Advertisement