विद्युत प्राधिकरण स्मार्ट ग्रिड विस्तारको तयारीमा, उर्जा गुणस्तरीय, भरपर्दो र किफायती हुने

Advertisement

काठमाडौं । ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत आपूर्ति सहितको आधुनिक सेवाका लागि नेपाल विद्युत प्राधिकरण स्मार्ट ग्रिड प्रणालीको अवधारणामा अग्रसर भएको छ । 

डिजिटल विद्युत प्राधिकरणको अवधारणा अनुसार पुरानो विद्युत वितरण प्रणालीलाई सुधार र स्तरोन्नती गरी नयाँ स्मार्ट ग्रिड विस्तारका लागि अग्रसर भएको हो । 

Advertisement

विद्युत उत्पादन, प्रशारणलाइन तथा वितरण प्रणालीलाई भरपर्दो तथा समय सान्दर्भिक तथा विद्युत सम्वन्धि विश्वव्यापीरुपमा अपनाइएका नवीन प्रविधि भित्र्याई नेपालको विद्युत क्षेत्रलाई आधुनिक बनाउनका लागि प्राधिकरणले स्मार्ट ग्रिड प्रणालीलाई अघि बढाएको विद्युत प्राधिकरणले जनाएको छ । 

नेपाल आर्थिक पत्रकार समाजले बिहीबार गरेको कार्यक्रममा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र किफायती ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा अघि बढाएर काम सुरु गरिसकेको जानकारी दिए । 

शाक्यका अनुसार विद्युत प्राधिकरणले आफ्नो बन्ने संरचना तथा सेवाहरुलाई डिजिटलाइज गर्दै अघि बढेको छ । ‘स्मार्ट ग्रिड सिस्टममा प्राधिकरणलाई जति चाँडो लैजान सकिन्छ उति चाँडो हामी गुणस्तरीय विद्युत उपभोक्तालाई दिन सक्छौं र विद्युत प्राधिकरणको प्रणाली पनि सशक्त हुन्छ, हामीले विद्युत उत्पादनदेखि प्रशारण लाइन, वितरण, र भारप्रेषण केन्द्रलाई आधुनिक बनाउँदै छौ” उनले थपे, “जसमा विद्युत उत्पादनदेखि उपभोक्ताको घरसम्म पुग्ने विद्युतको समग्र प्रणालीलाई एउटा विस्तृत फ्रेमवर्कभित्र अटाउन सकिन्छ । संरचना निर्माणमा आधुनिक प्रविधिलाई जोड दिएका छौ, सर्वसाधारणको घरसम्मपुग्ने स्मार्ट मिटरलगायतका काम तीव्र गतिमा अघि बढेको छ । 

शाक्यले मुख्य रुपमा सरकार तथा प्राधिकरणकै मास्टर प्लान अनुसार सबै निर्देशनालय तथा कार्यालयलाई अत्याधुनिक प्रविधिमैत्री (डिजिटलाइज्ड एनइए) बनाउनका लागि काम गरिरहेको बताए । सरकारले दुई बर्ष अगाडि डिजिटल नेपाल फ्रेमवर्क ल्याएको थियो । 

एसियाली विकास बैक (एडिवी) नेपाल कन्ट्रि मिसन प्रमुख मुख्तर खामुदखानोभले संसारका धेरै देशहरुले विद्युतको क्षेत्रमा उत्पादन, प्रशारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरिरहेको र नेपालले पनि बर्षौं पुराना विद्युतका संरचनाहरुलाई समयसापेक्ष रुपमा स्तरोन्नति गरि विद्युत उपभोक्तालाई समयसापेक्ष अनुसारको सेवा तथा सुविधा दिनुपर्ने देखिन्छ र एडिवी यो कार्यका लागि सरकारसँग निरन्तर सहकार्यमा अगाडि बढिरहेको छ ।

“विश्वमा विद्युत क्षेत्रमा प्रयोग भएका नवीनतम प्रविधि तथा सञ्चारको विकास भइरहेको तथा धेरे देशहरुले त्यसलाई आत्मसाथ गरिसकेको अवस्थामा नेपालले पनि स्मार्ट ग्रिड लगायतमा विभिन्न प्रविधिहरु भित्र्याउनका लागी नीतिगत सुधार समते गर्नुपर्नेहुन्छ’ उनले भने, तर बास्तवमा अन्य देशहरुले यो क्षेत्रमा भएका नवीनतम विकासहरुलाई आत्मासाथ गरिसकेका कारण नेपालको समग्र ग्रिड मोर्डननाइजेसन गर्न प्रविधिले साथ दिने र यो काम धेरै चाँडो गर्न सकिने देखिन्छ जुन प्राधिकरणले सहज रुपमा गर्न सक्छ ।’

एडिवीका दक्षिण एसिया विभाग हेर्ने मुख्य उर्जा विशेषज्ञ जीवन आचार्यले अपर्याप्त उर्जा उत्पादन, कमजोर वितरण प्रणाली र प्रसारण पूर्वाधारका कारण नेपालको विद्युत क्षेत्रले धेरै महत्वपूर्ण चुनौतिहरूको सामना गरिरहेको बताए । उनले वर्षौंको लगानी र विद्युत क्षेत्र सुधारमा ढिलाइ भएका कारण नेपालले यो समस्या भोग्नुपरेको बताए । 

हाल विश्वमा विद्युतको ल्याण्डस्केप नै परिवर्तन भइरहेकाले विद्युत वितरण, यसमा प्रयोग हुने प्रविधि, सेवा, प्रविधिको उच्चतम प्रयोग, नियामक निकाय लाईसमेत सहयोग हुने भएकाले स्मार्ट ग्रिडको प्रयोगले विद्युत वितरणमा सहजता, सुविधा तथा सुुरक्षा पनि हुन्छ । 

हामीले बेलैमा हाम्रा संरचनाहरुलाई आधुनिक बनाउनुको विकल्प छैन र जतिसक्दो चाँडो मार्ट ग्रिड सिस्टममा जानुपर्ने हुन्छ जसले बिजुलीमा जनताको पहुँच, आपूर्ति व्यवस्था सहज, गुणस्तरीय विद्युत तथा विश्वसनियता बृद्दि गर्न सहयोग गर्छ ।“

एडीबीले नेपालमा पावर ट्रान्समिसन एण्ड डिष्ट्रिब्यूसन इफिसेन्सी परियोजना अन्र्तगत स्मार्ट मिटरको मार्गचित्र बनाएर सहायता समेत गरिरहेको छ । यसबाट विद्युत प्राधिकरणको चुहावट कम, पिकलोड व्यवस्थापन, सस्तोमा बिजुली, सम्पत्ति व्यवस्थापन, ठूलो मात्रामा स्मार्ट मिटरले खर्च कटौती लगायतका सहयता पुग्नेछ भने बिजुलीको भरपर्दो आपुर्ति, विद्युत कटौतीको कम, डिजेल जेनेरेटरको आवश्यकता कम, पैसाको बचत लगायतका फाइदा उपभोक्तालाई पुग्नेछ । 

कार्यक्रममा बोल्दै प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले स्मार्ट ग्रिड प्रणालीको अवधारणा अनुरुपहाल काठमाण्डौ उपत्यकाममा स्मार्ट मिटर जडान तथा विद्युतको तार भूमिगतको काम भइरहैको जानकारी दिए । 

रत्नपार्क र महाराजगंज बितरण केन्द्रहरु अन्तर्गत रहेका ग्राहकहरुको सर्भे कार्य संम्पन्न गरी मिटर जडान कार्य समेत शुरु गरिसकेको छ र हालसम्म करिब १५,००० थान स्मार्ट मिटर जडान समेत भैसकेको सिलवालले जानकारी दिए । 

एडिवीको सहयोगमा प्राधिकरणले हाल काठमाडौंको रत्नपार्क तथा महाराजगंज विद्युत वितरण केन्द्र मार्फत विद्युत उपभोक्ताहरुलाई ‘एनइए डिजिटल क्याम्पेन’अन्तर्गत स्मार्ट मिटरको जडान तथा वितरणको कामलाई तिब्रता दिइरहेको छ । 

प्राधिकरणले पहिलो चरणमा एकलाख घरायसी ग्राहकलाइ स्मार्ट मिटर दिने जनाएको छ । “यो योजना सफल भइसकेपछि कतै समस्या देखियो भने कार्यालयमै बसेर विद्युत अवरोध भएको स्थान पहिचान गर्न र समाधान गर्न सक्छौं । “सिलवालले भने “हामी स्मार्ट ग्रिडमा गयौं भने हामीले कार्यालयको सञ्चालन तथा व्यवस्थापनको खर्चलाई कमगर्न सकिन्छ र अन्त्यमा त्यसले उपभोक्ताको विद्युत खरिद मूल्यकम गरी उहाँहरुलाई साथै प्राधिकरणलाई पनि फाइदा पुग्छ ।“

एडिवीको सहुलियतपूर्ण ऋणमा प्राधिकरणले काठमाण्डौ उपत्यकाका करिव ४० लाख पुराना मिटर परिवर्तन गरी नयाँ जडान गर्ने काम अघि बढाइरहेको छ । 

त्यस्तै कार्यक्रममा बोल्दै एडिवीका उर्जा सम्बन्धि बरिष्ठ परियोजना अधिकृत पुष्कर मानन्धरले एडिवीले प्राधिकरणसँग मिलेर नेपालको विद्युतको क्षेत्रमा धेरै सहयोग तथा सुधारको कामहरु गरेको जानकारी दिए ।

“हामी एडिवीको उर्जा सम्बन्धी कार्यविधि तथा नेपाल सरकारको उर्जा तथा जलस्रोत नीतिमा रहेर नेपालको विद्युत क्षेत्रलाई कसरी भरपर्दो, सुधार, क्षमता अभिबृद्दि र  दिगो पार्न सकिन्छ भनेर अनवरत सहयोग तथा सहकार्य गरिरहेका छौं, स्मार्ट ग्रिडको अवधारणा नियमित रुपमा अघि बढाउने अत्यावश्यक प्रकृया हो ।” 

मानन्धरले भने “हामीले स्मार्ट ग्रिडको सुरुवातका रुपमा नेपालमा स्मार्ट मिटरको जडान, विद्युतको ठूलो डेटा विश्लेषण तथा सञ्चार, विधुतीय सवारीको प्रमोसन, नीतिगत सुधारका पहल तथा अन्य धेरै विषयहरुमा नेपाल सरकार तथा प्राधिकरणसँग सहकार्य अगाडि बढाइसकेका छौं । 

अष्ट एण्ड योङका निर्देशक भिनित मिश्रले विश्वका धेरै देशहरु स्मार्ट ग्रिडमा गईसकेको जानकारी दिँदै यसबाट नेपालले ठूलो फाइदालिन सक्ने बताए । उनका अनुसार, स्मार्ट ग्रिडको कार्यान्वयनले ऊर्जाको प्रणालीलाई सञ्चालनलाई भरपर्दो र प्रभावकारी मात्र बनाउँदैन, यसले हरेक ग्राहकलाई बिजुलीको विल तिर्न र सम्पूर्ण सुचना पाउन सहजता हुन्छ भने सेवा प्रदायकहरुलाई हरेक ग्राहकको सम्पूर्ण जानकारी तुरुन्तै थाहा पाउनुका साथै कुनै समस्या आउने वित्तिक्कै तत्काल समस्या समाधान गर्न सहयोग पुग्छ ।

Advertisement

Advertisement