सुनको मूल्य फेरि घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौँ । केही दिनदेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य हिजो स्थिर रहे पछि आज फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  

महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १सय ६५ रुपियाँ निर्धारण गरिएको छ ।

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९१ हजार ५ रुपियाँ, तेजाबी सुन प्रतितोला ९१ हजार र चाँदी प्रतितोला १ हजार १सय ७५ रुपियाँमा किनबेच भएको थियो । 

केही दिनदेखि अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ, त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement