महासंघको केन्द्रीय सदस्यमा मुस्लिम समुदायबाट जमशेरको उम्मेदवारी

Advertisement

काठमाडौँ । उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको ५४औँ बार्षिक साधरण सभा जारी रहँदा चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमशेर अलिमिया केन्द्रीय सदस्यको लागि मुस्लिम समुदायबाट एकमात्रै व्यक्ति चुनावी मैदानमा छन् । उनी बिगत २०६२ सालदेखि लगातार रुपमा एक कार्यकाल बाहेक अध्यक्षको रुपमा रही उद्योगी व्यापारीहरुको हक हितमा कार्य गर्दै आइरहेका व्यक्ति हुन् ।  

महासंघको इतिहासमा पहिलो पटक युवा उद्यमी जमशेर मुस्लिम समुदायबाट पहिलो र एकमात्र केन्द्रीय सदस्यको उम्मेद्वार हुन् । उनी लुम्बिनी प्रदेशबाट (प्रदेश ५) केन्द्रीय सदस्यको लागि चुनवी मैदानमा छन् । 

Advertisement

४९ बर्षीय युवा उद्यमी जमशेर अटल सिमेन्ट प्रालिका अध्यक्ष हुन् । जुन कृष्णनगर कपिलवस्तुमा रहेको छ । यस उद्योगबाट ओपिसी र पिपिसी सिमेन्टको उत्पादन हुन्छ  । उनी लोकप्रिय ग्रुपको अध्यक्ष समेत रहेका छन् । जस अन्र्तगत पेट्रोलपम्प, हार्डवेयर, ईँटा उधोग, टायर तथा भिनीयरको व्यापार गरिंदै आएको छ ।

साथै नेपाल प्रजातान्त्रिक महासँघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष, साँग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सदस्य, बुद्ध टेलिभिजन बुटवलको संस्थापक सदस्य, सनराइज बोडिङ्ग स्कुल चन्द्रौटाको संस्थापक शेयर सदस्य, समानता एफएम, भ्वाइस एफएम, बाणगंगा एफएम अरनिको बचत तथा ऋण सहकारी संस्था एवम् संजीवनी सामुदायिक अस्पताल कपिलबस्तुको संस्थापक हुन् ।
 
भोलि हुन लागेको निर्वाचनबाट आफू विजयी भएका निःस्वार्थ भावले उद्योगी व्यवसायीको हितका पक्षमा कार्य गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । 

Advertisement

Advertisement