इरानी परमाणु वैज्ञानिकको हत्या, इजरायलको हात रहेको इरानी आशंका

Advertisement

काठमाडौँ । इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको एम्बुस आक्रमण गरी हत्या गरिएको छ ।  उनलाई राजधानी तेहराननजिकैको अबसार्ड सहरमा शुक्रबार एम्बुस आक्रमण गरिएको इरानी सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।  

इरानी रक्षा मन्त्रालयले फखरीजादेहको पुष्टि गर्दै यसको पछाडि इजरायलको हात हुनसक्ने जनाएको छ । आक्रमणमा गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि मृत्यु भएको थियो । उनी कारमा सवार रहेको बेला एम्बुसमा पारिएको थियो । फखरीजादेहको हत्यापछि इरानी सेनाले पनि कडा प्रतिक्रिया दिएको छ । 

Advertisement

इरानी विदेश मन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको हत्यालाई ‘राज्य प्रायोजित आतंक’ आतंकवादीहरुलाई आफूहरुले जवाफ दिने बताएका छन् । इरानको गोप्य परमाणु हतियार कार्यक्रमको मुख्य योजनाकारका रुपमा चिनिएका फखरीजादेहको हत्या भएपछि विश्वभर यसको तरंग देखिएको  छ । 

उक्त घटनापछि अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडनदेखि अमेरिकी खुफिया एजेन्सी सीआईएसम्मले घट्नाको निन्दा गरेका छन् ।

Advertisement

Advertisement