सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ घट्यो, यस्तो छ बजार भाउ

काठमाडौँ । केही दिनदेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य आज पनि प्रतितोला ६ सय रुपियाँ घटेको छ । चाँदीको मूल्य पनि प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १सय ५० रुपियाँ निर्धारण गरिएको छ ।

गत शुक्रबार भने छापावाल सुन प्रतितोला ९१ हजार ३ रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १सय ६५ रुपियाँमा किनबेच भएको थियो ।  

केही दिनदेखि अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ, त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ ।