चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न गृहमन्त्रीलाई नै विमानस्थल पठाए ओलीले

Advertisement

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे काठमाडौं आइपुगेका छ । उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलाई गृहमन्त्री रामबहादुर थापालाई नै पठाएर प्रधानमन्त्री केपी ओलीले विशेष स्वागत गरेका छन् । 

भारतीय उच्च अधिकारीहरुको श्रृखलावद्ध नेपाल भ्रमण भइरहेको बेला चिनियाँ रक्षामन्त्री एकाएक नेपाल आउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । पछिल्ला दिनमा नेपालमा चासो बढाइरहेको चीनले नेपालमा बढ्दो पश्चिमा तथा भारतीय चासोप्रति बढि सजग हुन खोजेको देखिन्छ । 

Advertisement

सत्तारुढ कम्युनिष्ट पार्टीभित्र चर्को कलह र विभाजनको संकेत देखिएको बेला चीनले त्यसलाई रोक्न प्रयास गर्दै आएको  छ । यसै सन्दर्भमा नेपाल आइपुगेका फेङ्हेको स्वागतमा सरकारका वरिष्ठ मन्त्री पुग्नुलाई सरकारले विशेष  महत्व दिएको अर्थमा विश्लेषकहरुले विश्लेषण गरेका छन् । 

Advertisement

Advertisement