एक बर्षपछि साग खेलकुदको खर्च विवरण सार्वजनिक गरे राखेपका सदस्य सचिवले

Advertisement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवालले दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको ठिक एक बर्षपछि त्यस क्रममा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । 

नेपालले गत बर्ष मंसिर १५ देखि २४ सम्म १३ साग आयोजना गरेको थियो । आइतबार पत्रकार सम्मेलन गरेर सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् । उनले साल खेलकुदमा कुनै अनियमितता नभएको जिकिर गर्दै प्रतियोगितामा कुल एक अर्ब ३१ करोड ७६ लाख रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरे । साग तयारीका क्रमा निर्माणतर्फ दुई अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपिया खर्च भएको जनाइएको छ । 

Advertisement

Advertisement

Advertisement